| Contact

पाटा ट्राभल मार्टमा नेपालको सफल एवम गहकिलो सहभागिता


पाटा नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगम संगको सहकार्य तथा समन्वयमा नेपाली पर्यटन ब्यबसायीहरु, विद्यार्थी तथा मिडिया प्रतिनिधि सहित सेप्टेम्बर १२ देखि १४ सम्म मलेसियाको लंकाबीमा आयोजित पाटा ट्राभल मार्टको ४१ र्औ संस्करणमा “नेपाल पेभिलियन” अन्र्तगत सक्रिय तथा प्रभावकारी सहभागिता जनाएको छ ।

मलेसिया सरकारद्धारा होस्ट गरीएको पाटा ट्राभल मार्ट २०१८ मा नेपालबाट अभिवादन एक्सपिडिशन होलिडेज, कम्युनिटी होमस्टे नेटवर्क, द यात्रा कोर्टयार्ड, गोइङ्ग नेपाल, कैलाश ग्रुप नेपाल, हिमालयन होलिडेज् टे«किङ्ग एण्ड टुर्स, लाङटाङ्ग री ट्रेकिङ्ग एण्ड एक्सपिडिसन, सांग्रिला होटेल एण्ड रिसोर्ट, नेपाल होलिडे मेकर्स टुर्स एण्ड ट्राभल्स र अप एभरेष्ट ट्राभल्स एण्ड टुर्स गरी १० वटा निजि क्षेत्रका पर्यटन ब्यवसायी कम्पनिहरुले भाग लिएका छन्।

पाटा ट्राभल मार्ट २०१८ मा विश्वभरीका ७० गन्तब्यहरुबाट कुल १४०० सहभागिहरुले सहभागिता जनाएका छन, जसमा २०८ वटा संघ संस्था÷कम्पनिहरु तथा ३३ वटा गन्तब्यहरुबाट ३२% स्थानिय गरी कुल ३८९ विक्रेता सहभागिहरु र २४१ वटा संस्थाहरु तथा ५३ स्रोत बजारहरुबाट कुल २५२ क्रेताहरु बीच ब्यापार आदानप्रदान तथा गन्तब्य प्रवद्र्धन भेटघाट÷छलफल कार्यक्रमहरु आयोजना गरीएको थियो । साथै पाटाले नेपाल, बंगलादेश, सिंङ्गापुर, क्यानडा, फिलिपिन्स तथा मलेसियाबाट २१० जना युवा पर्यटन प्रोफेशनलहरुलाई पनि पाटा युथ सिम्पोजियमका लागि लंकावीमा आमन्त्रण गरेको थियो । नेपालबाट पाटा नेपाल स्टुडेन्ट च्याप्टरलाई प्रतिनिधित्व गर्दै मिड भ्याली इन्टरनेशनल कलेजमा अध्यनरत तमन्ना प्रधान र आइएसटी कलेजका जिग्मे लामाले पाटा नेपाल च्याप्टरको प्रायोजनमा सहभागी हुने अवसर पाएका थिए ।

सेप्टेम्बर १३ मा आयोजित पत्रकार सम्मेलनको अबसरमा बोल्दैे नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक श्री सुनिल शर्माले नेपालको अलौकिक सौन्दर्यता र विविधताका बारेमा अन्तराष्ट्रिय मिडिया प्रतिनिधिहरु सामु प्रस्तुत गर्दै उठेका प्र्रश्नहरुको जवाफ दिनुभयोे ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख श्री दीपकराज जोशीले पाटा ट्राभल मार्ट नेपालको विविधता संसारका सामु देखाउने अनुपम अवसर भएको बताउनुभयो । सेप्टेम्बर १५ मा भएको पाटा अन्तराष्ट्रिय गन्तब्य समितिको बैठकलाई अध्यक्षता पनि जोशीले गर्नुभएको थियो । उक्त बैठकमा मास्टरकार्ड तथा गुगलको प्रस्तुति पनि भएको थियो । यो बैठकले नेपाललाई डिजिटल आबद्ध बनाउन सहयोगी हुने विश्वास कार्यकारी प्रमुख जोशीले ब्यक्त गर्नुभयो ।

पाटा ट्राभल मार्टमा राखिएको नेपालको स्टलमा दर्शकको आकर्षण थियो । खासगरी परम्परागत प्यागोडा तथा स्तुपा शैलीमा सजाइएको नेपाली पेभिलियनमा नेपालको प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनका विविध सेवा तथा बस्तुहरु सजाइनुएको थियो ।

सेप्टेम्बर १५ तारीखका दिन आयोजित पाटा बोर्ड डिनर तथा च्याप्टर अवार्ड प्रिजेन्टेशन समारोह विच पाटा नेपाल च्याप्टरलाई पाटा नेक्स्ट जेन एन्गेजमेन्ट अवार्ड प्रदान गरियो । उक्त अवार्र्ड पाटा नेपालका महासचिव श्री विभूती चन्द ठाकुरले ग्रहण गर्दे उहाँले पाटा नेपाल स्टुडेन्ट च्याप्टरमा आबद्ध सम्पूर्ण विद्यार्थीहरुलाई उनीहरुको निरन्तर लगाव र समर्पणको नतिजा भएको बताउनु भयो । यो अवार्ड पाटाले प्रत्येक बर्ष विश्वभरी रहेका आफ्ना च्याप्टरहरुले युवा पुस्ताहरु संगको संलग्नता तथा सहकार्यमा पर्यटन क्षेत्रको प्रवद्र्धनमा प्रदान गरेको योगदान तथा निष्ठाको उच्च मुल्याङ्गनका आधारमा उत्कृष्ट च्याप्टरको रुपमा प्रदान गर्ने गर्दछ ।

पाटा नेपाल च्याप्टरका सिइओ सुरेश सिंह बुडालले पाटा नेपाल च्याप्टरले बेष्ट च्याप्टर अवार्ड पाउनु नेपाली पर्यटन क्षेत्रका लागि गर्वको बिषय भएको बताउदै पाटा नेपालले दीगो पर्यटन विकासका लागि आवश्यक जिम्मेवारी अनुरुप युवापुस्ताहरुसँगको आबद्धतालाई प्राथमिकतामा राख्दै वर्ष २०१७मा संस्थाले गरेका कार्यहरु तथा भावी योजनाका बारेमा पाटा च्याप्टर कोलोकियममा प्रस्तुत गर्नुभयो । ।

नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष २०२०लाई अझ सशक्त प्रचार गर्न पाटा ट्राभल मार्ट २०१८मा बायर्स लाउन्जको प्रायोजन गरेको थियो । उक्त लाउन्जमा करिब २०० भन्दा बढी अन्तराष्ट्रिय बायर्सहरु पुगी ब्यापारिक छलफल तथा नेपाल गन्तब्यका बारेमा चासो ब्यक्त गरेका थिए ।

 
Comments

No comments yet.